स्थानीय स्तरमा सम्भावनायुक्त तरकारीबाली तथा अन्य मौसमी उत्पादनहरूको लागि सदस्यहरूलाई भौगोलिक अवस्थिति अनुरूपको उत्पादनमा क्रियाशिल बनाई सानो लगानी मार्फत छोटो समयमा नै आयआर्जन वृद्धि गराउने र भूउपयोगमा प्रोत्साहित गर्न प्रदान गरिने ऋणलाई कृषि तरकारी तथा मौसमी खेती ऋण भनिनेछ ।
सदस्यहरूले आफ्नो नीजि स्वामित्व वा एकाघर सगोलको जग्गा वा भाडा भुक्तान गर्ने शर्तमा जग्गा व्यवस्थापन गरेपश्चात मात्र यस्ता ऋणहरू प्रदान गरिनेछ ।
यस्ता ऋण लगानी गर्दा सदस्यको सम्बन्धित खेती सँगको अनुभव, तालिम र कृषि कार्यालयले सिफारिश गरेका जाती प्रजातीका खेतीलाई प्राथमिकता दिईनेछ भने ऋणमा व्याजदर निर्धारण गर्दा तत्काल कायम रहेको ऋणको औसत व्याज दर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।