हाम्रो बारे
संस्थाको उद्देश्य तथा कार्य
संस्था बहुउद्देश्यीय प्रकृतिको भएकोले विनियममा उल्लेखित विभिन्न उद्देश्य तथा कार्यहरुलाई एकीकृत गरी ५ वटा क्षेत्रगत इकाई निर्माण गरी उद्देश्यहरु निर्धारण गरिएको छ ।
A. बचत तथा ऋण
- बचत गर्ने बानीको विकास गराउने ।
- सदस्यहरुको भविश्य सुरक्षित गराउने बचत योजनाहरुको विकास गर्ने ।
- बचतबाट आर्थिक सशक्तिकरण (Economic empowerment by Saving) गराउने ।
- आम्दानीका आधारमा बचत र खर्च गर्ने बानिको विकास गर्ने ।
- उद्यमशिलताको विकासका लागि सदस्यहरुलाई सरल कर्जा र व्यवसायिक परामर्श उपलब्ध गराउने ।
B. कृषि तथा उपभोक्ता
- किसान सदस्यहरुलाई रासायनिक मल वितरण गर्ने
C. उद्यमशिलता विकास
- उद्यमशिलताको विकासका लागि स्थानीय स्रोत र साधनको परिचालन गरी रोजगारी सिर्जना गर्ने ।
D. महिला तथा जेष्ठ नागरिक
- प्रत्येक कार्यक्रमहरुमा महिला सहभागितालाई जोड दिदै उनीहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्ने ।
- अभिभावक जेष्ठ नागरिकहरुलाई उनीहरुको बाकी जीवन सम्मानपूर्वक जिउन मद्दत गर्ने ।
E. शिक्षा, स्वास्थ्य तथा बिमा
- उद्यमशिलता विकास एवं रोजगार मुलक शिक्षा तथा तालिमको आयोजना गर्ने ।
- सबै सदस्यहरुका लागि आधारभूत सहकारी शिक्षा तालीमको व्यवस्था गर्ने ।
- संस्थालाई निरन्तर प्रतिस्पर्धात्मक बनाउन नेतृत्व विकास तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी कार्यक्रमहरु निरन्तर गर्ने ।
- सदस्यहरुको स्वास्थ्य, बीमा जस्ता विषयमा गहन चासो राखी जोखिम न्यूनीकरण गर्ने ।