स्थानीय स्तरमा प्राप्त हुने ढुंगा, माटो, काठ, कपास, धातुजन्य वस्तुहरू तथा प्राकृतिक श्रोतहरूको प्रयोग गरी कलात्मक वस्तु निर्माण गर्ने कार्यलाई प्रवर्धन एवं विकास गरी बजार सापेक्ष स्थापित गर्न प्रदान गरिने ऋणलाई हस्तकला प्रवर्धन ऋण भनिन्छ ।
यस्ता ऋणहरू सामान्यतया एकवर्ष भन्दा बढि अवधिको प्रदान गरिने छैन ।
उत्पादनको प्रकृति र उपलव्ध बजारको विश्लेषणका आधारमा संस्थाले कुनै उत्पादन विशेषलाई छोटो समय छुट अवधि (ग्रेस अवधि) प्रदान गर्न सक्नेछ भने व्याज निर्धारण औसत भन्दा कम कायम गरिनेछ ।