खुत्रुके बचत योजना

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

खुत्रुके बचत योजना

image.jpg

घरमा कुनैपनि माध्यमवाट प्राप्त हुने सानो सानो रकमलाई पूँजी निर्माणमा उपयोग गर्नको लागि संस्थाका सदस्यहरुले आफूसँग भएको थोरै थोरै रकमलाई घरमा नै खुत्रुकेमा जम्मा गरी बेला बेलामा संस्थामा ल्याई वा संस्थाका कर्मचारी नै सदस्यको घरमा गई जम्मा गरिने बचतलाई  खुत्रुके बचत भनिन्छ । खेर जाने पैसाको थाहै नपाई जम्मा गर्न सकिने बचत योजना नै खुत्रुके बचत योजना हो । सदस्यहरुले आफ्नो, परिबारका सदस्यहरुको, वा बाल बालिकाहरुको नाउँमा यो खुत्रुके बचत खोलेर बचत गर्ने बानीको बिकास गर्नका लागि यो बचत योजनाको निर्माण गरिएको हो ।

क्र.सं.

अवधि बार्षिक व्याजदर

१ बर्ष

७%

२ बर्ष

८%

३ बर्ष

९%

Benefits

  • वालकदेखि वृद्धसम्म थोरै थोरै आम्दानी हुनेका लागि उपयुक्त ।
  • बचत गर्ने बानीको विकास गर्नका लागि सहयोगी ।
  • घरमै बसी बसी बचत गर्न सकिने ।
  • सिक्काहरु र साना साना नोटहरु संकलनको उचति माध्यम ।
  • १५ वर्ष मुनिका बाल बालिकाहरुको लागि जन्म दिनको केक उपहार 

Requirements

  • खुत्रुके बचत योजनामा न्यूनतम रु ५०० देखि अधिकतम् जतिपनि बचत गर्न सकिनेछ ।
  • खुत्रुके बचत संचालन गर्न चाहने सदस्यले संस्थामा धरौटी बापत रु. ५०० बुझाई बचत अवधिभर खुत्रुके प्रयोग गर्न सकिनेछ र अवधि सकिए पश्चात संस्थामा आई खुत्रुके फिर्ता गरेमा धरौटीबापतको रकम फिर्ता पाईनेछ ।
  • खुत्रुके बाकसको साँचो संस्थामा सुरक्षित रहने छ ।
  • बचत गरेको एकमुष्ठ रकम अवधि समाप्त भए पश्चात एकमुष्ठ भूक्तानी लिन सकिने ।
  • बालक देखि वृद्ध वृद्धासम्म थोरै थोरै आम्दानी हुनेका लागि उपयुक्त बचत योजना ।
  • घरमै बसी बसी बचत गर्न सकिने ।
  • सिक्का पैसाहरु, खुद्रा नोटहरु, दान दक्षिणाबाट प्राप्त रकमहरु, पुराना कवाडी सर सामानहरु बेचेर प्राप्त भएका रकमहरु जम्मा गर्ने बचत योजना ।
  • यस योजनामा सहभागि सबैलाई जन्मदिनको उपहार स्वरुप बर्थडे केक प्रदान गरिने ।